Search
Close this search box.
Search
Close this search box.

इलाममा करेन्ट लागेर एकजनाको मृत्यु

इलाम। इलामको माई नगरपालिका–६ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माई नगरपालिका ६ का ३१ वर्षीय शक्तिकुमार राई छन् ।

काबेली करिडोरको ट्रान्सफर्मर जडान गर्ने क्रममा अचानक करेन्ट लाग्दा राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

EPIC EPIC

सोमबार साँझ ७ बजेतिर करेन्ट लागेर घाइते भएका राईलाई उपचारका लागि माई अस्पताल लगिएको थियो ।

उपचारक्रममा उनको मृत्यु भएको इलामका डिएसपी प्रकाश जबेगूले बताए । राईले ज्यालामा करिडोरको काम गर्ने गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *