Search
Close this search box.
Search
Close this search box.

इलाममा केशरको व्यावसायिक उत्पादन सुरु

इलाम / विश्वकै महँगो फूलका रूपमा परिचित केशरको इलाममा व्यावसायिक उत्पादन सुरु भएको छ । औषधीय गुण भएको केशरको इलामस्थित माइजोगमाई गाउँपालिकाको जौबारीमा व्यावसायिक उत्पादन सुरु गरिएको हो ।

दश लाख रुपैयाँ प्रतिकिलो पर्ने केशरको विगत वर्षमा परीक्षण उत्पादन भएको थियो । यस वर्षसमेत यसको उत्पादन सुरु भएको छ । व्यावसायिक उत्पादन गर्ने गरी इलाममा यसको सामूहिक खेती थालिएको छ । इलामको माइजोगमाईमा गएको वर्षदेखि परीक्षणका रूपमा उत्पादन सुरु भएको केशर यस वर्ष भने व्यावसायिक उत्पादन भएको छ । उत्पादन भएको केशर टिप्न सुरु गरिएको किसान टुण्डु शेर्पाले जानकारी दिए ।


औषधीय गुण भएको केशरबाट सुगन्धित तेल समेत बनाउन सकिने बताइएको छ । विगत वर्ष उत्पादन भएको केशर स्थानीय स्तरमा नै बिक्री भइसकेको उनले बताए ।
उच्च मूल्यको जडिबुटी केशरको परीक्षण उत्पादनपश्चात दोस्रो वर्ष इलाममा यसको टिप्ने सुरु भइसकेको छ । किसानहरू केशर टिप्न व्यस्त छन् ।

जौवारी मल्टीपर्पोज एग्रीकल्चर एण्ड इन्भायोरमेन्ट सेन्टरले माइजोगमाई गाउँपालिका ६ को थुम्केडाँडा र जौवारी क्षेत्रमा सामूहिक रूपमा केशरको खेती सुरु गरी विस्तार गरेको थियो । प्रदेश १ को भूमीव्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम रानाले उच्च पहाडी क्षेत्रमा केशरको विस्तार गर्न जरुरी भएको बताए । उनले खेती हुने जिल्लाका अन्य स्थानहरूमा समेत यसको खेती विस्तार गर्नु पर्नेमा जोड दिए । दुर्लभ वनस्पतिका रूपमा परिचित केशर नेपालको इलाममा मात्र व्यावसायिक खेती हुने गरेको बताइएको छ । कारोबार दैनिकमा खबर छ

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *