Search
Close this search box.
Search
Close this search box.

इलाममा पराल बोकेको पिकअप आगजनी गरेको आरोपमा बुलेट किराँती पक्राउ

इलाम। ईलामको रोङ गाउँपालिका ४ किटेनी स्थित मेची राजमार्गमा पराल बोकेको पिकअपमा आगजनी गरेको आरोपमा बुलेट किराँती भन्ने अन्जेश राई पक्राउ परेका छन् ।

बुद्धशान्ति ४ का राईलाई जिल्ला प्रहरी कार्यालय ईलाम र ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त प्रहरी टोलीले आज अर्जुनधारा ११ नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

राई प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिका बुद्धशान्ति संयोजक, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान अन्तर्गत नागरिक युवा दस्ताका मेचीनगर संयोजक भएको बताईएको छ ।

प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको आव्हानमा कोशी प्रदेशमा यातायात बन्दको अबज्ञा गरेको भन्दै शनिबार पराल बोकेको मे १ ज ११४० नम्बरको पिकअप गाडीमा आगजनी गरिएको थियो ।

पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर ईलाम लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *