Search
Close this search box.
Search
Close this search box.

ईलाका प्रशासन कार्यालय गाैरीगंजका प्रमुख शाह धराैटीमा रिहा

झापा – गैर नागरिकलाई नेपाली नागरिकता दिएकाे अभियाेगमा पक्राउ परेका ईलाका प्रशासन कार्यालय गाैरीगंजका प्रमुख धनञ्जय शाहकाे रिहा भएकाे छ ।

झापा जिल्ला अदालतले आज उनलाई २ लाख रूपैयाँ धराैटीमा रिहा गरेकाे हाे । उनीसँगै पक्राउ परेका कार्यालय सहयोगी २४ बर्षीय आसिर आलम र गाैरादह नगरपालिका – ७ का ५९ बर्षीय कृष्ण तिम्सिना पुर्पक्षका लागि कारागार चलान गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक राकेश थापाले जानकारी गराएका छन् ।

प्रमुख शाहलाई अदालतमा उपस्थित हुने गरी तारेखमा छाेडिएकाे प्रहरीले जनाएकाे छ । उनलाई ३ जना तिब्बती मुलका नागरिकलाई नेपाली नागरिकता दिएकाे अभियाेग लागेकाे थियाे ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *