उत्कृष्ट १५ करदाता सार्वजनिक, शाह बने उत्कृष्ट करदाता

काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका अध्यक्ष विजयकुमार शाहले यस वर्षको सर्वोत्कृष्ट करदाताको सम्मान पाउने भएका छन् ।

EPIC

मदिरा व्यवसायी शाहले यस वर्ष व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी आयकर बुझाएर यो सम्मान पाउने भएका हुन् । यसअघि लगातार चार वर्षसम्म तारा म्यानेजमेन्टका सिद्धार्थ राणाले पाउँदै आएको उत्कृष्ट करदाता सम्मान यस वर्ष साहले पाउने आन्तरिक राजस्व विभागले आइतबार जनाएको छ ।


शाहसहित सरकारले यो वर्षका उत्कृष्ट करदाताहरूको नाम सार्वजनिक गरेको छ । विभागले नवौं राष्ट्रिय कर दिवसको समापन समारोहको अवसर पारेर उत्कृष्ट १५ करदाताको नाम सार्वजनिक गरेको हो । सरकारले हरेक बर्षको मंसिर १ मा राष्ट्रिय कर दिवस मनाउने गरेको छ भने सो दिवसको अवसरमा अघिल्लो आर्थिक वर्षमा बढी कर तिर्ने विभिन्न विधाका करदातालाई सम्मान गर्दै आएको छ ।


कोभिड–१९ संक्रमणको बढ्दो जोखिममा कारण कर दिवस विशेष सप्ताह समापन समारोहमा सरकारले उत्कृष्ट करदाताहरूको नाम मात्र सार्वजनिक गरेको छ । सूर्य नेपाल यसपटक पनि सबैभन्दा बढी कर तिर्ने करदाताबाट सम्मानित भएको छ । पछिल्लो ११ वर्षमा मूल्य अभिवृद्धि कर विवरण समयमा पेश गर्ने र समयमै कर चुक्ता गर्ने तथा सबै भन्दा धेरै मूल्य अभिवृद्धि कर तिर्ने कम्पनीमध्येबाट घोराही सिमेन्ट उद्योग सम्मानित हुने भएको छ । उक्त सिमेन्ट उद्योग गत वर्ष पनि सोही विधामा सम्मानित भएको थियो ।
विभागका अनुसार सबैभन्दा बढी आयकर तिर्ने कम्पनीमा निर्यातकर्तातर्फ डाबर नेपाल प्रालि, उद्योगतर्फ हिमाल पावर लिमिटेड र कृषि एवम् पशुपन्छी उद्योगतर्फ अन्नपूर्ण एग्रो सम्मानित हुने भएका छन् । डाबर नेपाल र अन्नपूर्ण गत वर्ष पनि सोही विधाबाटै सम्मानित भएका थिए ।

EPIC EPIC EPIC

बैंक तथा वित्तीय संस्थातर्फ नबिल बैंक, बिमा व्यवसायतर्फ नेपाल पुनर्बिमा कम्पनी, सहकारी तथा लघुवित्त संस्थातर्फ छिमेक लघुवित्त कम्पनी, स्वास्थ्य तथा शिक्षा सेवातर्फ मणिपाल मेडिकल कलेज, व्यापार व्यवसायतर्फ अग्नी इन्कर्पोरेट प्रालि, रेमिट्यान्सतर्फ आइएमई लिमिटेड र पर्यटनतर्फ तारागाउँ रिजेन्सी (हायात होटल)सम्मानित हुने भएका छन् । यस्तै, मध्यस्तरीय करदाता कार्यालयको कार्यक्षेत्रभित्र पर्ने सबैभन्दा धेरै आयकर तिर्ने करदातामा कामना सेवा विकास बैंक परेको छ ।विभागले आइतबार सार्वजनिक गरेको उत्कृष्ट करदाताहरूलाई पछि विशेष समारोहबीच सम्मान गर्ने जनाएको छ ।

EPIC

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar