उद्योग वाणिज्य संघ बुद्धशान्तिमा लोकतान्त्रिक प्यानल नै विजयी

बुधबारे। उद्योग वाणिज्य संघ बुद्धशान्तिमा लोकतान्त्रिक प्यानल नै विजयी भएका छन् ।

EPIC

सोमबार सम्पन्न निर्वाचन बाट कुल खसेको ५०६ मतमा ३२२ मतको बिशाल अन्तर ले संयुक्त ब्यावसायी प्यानलका डिल्लीराम श्रेष्ठ लाई पराजित गर्दै लोकतान्त्रिक ब्यवसायी प्यानलका चन्द्र प्रसाद उप्रेती अध्यक्षमा निर्वाचित भएका हुन्।

त्यस्तै वाणिज्य उपाध्यक्षमा नवीन बिमली,महासचिवमा लक्ष्मिप्रसाद उप्रेती ,वाणिज्य सचीवमा उमाराज ढकाल ,कोषाध्यक्षमा हरिप्रसाद पौड्याल ,खुल्ला सदस्यमा हेमन्त बराल,ओमप्रकाश बास्तोला,नवीन चापागाइ र सन्तोष तामाङ ,महिला सदस्यमा ज्ञानु थापा र धनकला अधिकारी बिजयी भएका छन्।

साथै लोकतान्त्रिक प्यानल बाटै उद्योग उपाध्यक्षमा दिपक सापकोटा र उद्योग सचीवमा दुर्गा प्रसाद कुइकेल निर्विरोध निर्वाचित भएका थिए।

EPIC EPIC EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar