उपनिर्वाचनका लागि एउटै गाउँबाट दुई जना महिला उम्मेदवार

सिमकोट। मंसिर १६ गते हुने उपनिर्वाचनका लागि एउटै गाउँबाट दुई जनाको उम्मेदवारी परेको हो। सर्केगार्ड गाउँपालिका– ८ को राहदेउ गाउँबाट उपाध्यक्ष पदका लागि दुई जना महिला उम्मेदवारको मनोनय परेको हो।

उक्त गाउँबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवार उठाएको हो। जसमा नेपाली कांग्रेसले सविता बुढालाई उम्मेदवार बनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC

बुढालाई कांग्रेस २०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ नाम सिफारिस गरेको थियो। हाल उनी नेपाली कांग्रेस कर्णाली प्रदेश अधिबेशन प्रतिनिधि समेत रहेकी छन्। माओवादी केन्द्रले देवकी तिमिल्सिनाको उम्मेदवार बनाएको छ। तिमिल्सिना नेकपा माओवादी केन्द्र हुम्लाका संयोजक डाक्टर दिपेन्द्र रोकायाको पत्नी हुन्। बुढाको नाम नेपाली कांग्रेसले सबैभन्दा पहिले घोषणा गरेको थियो भने माओवादीले तिमिल्सिनाको नाम उम्मेदवारी दिने दिनको बिहान सार्वजनिक गरेको थियो।

बुढालाई कांग्रेस एक्लैको सर्मथन छ भने माओवादी केन्द्रका उम्मेदवार तिमिल्सिनालाई समाजवादी मोर्चाका घटकहरु नेकपा एकीकृत समाजवादी, विप्लव र नेकपा माओवादीको समर्थन छ। मतका हिसावले कांग्रेस सर्केगार्डमा सवै भन्दा ठुलो दल हो। उपनिर्वाचनमा पनि मुख्य प्रतिस्पर्धी दलमध्ये पनि कांग्रेस र माओवादी पर्छन्।

एउटै गाउँकी दुबै उम्मेदवारबीच कडा प्रतिश्प्रर्धा हुने पनि बताइँदै आएको छ। दुबै ठूला दलले एउटै गाउँबाट उपाध्यक्षको उम्मेदवार बनाएको कारण सो पद पनि सोही गाउँले पाउने अडकलवाजी गर्न थालिएको छ। उक्त वडाको फुचा गाउँबाट पनि राष्ट्रिय स्वतन्त्र पार्टीले पनि बाँचु बुढालाई उम्मेदवार बनाएको छ। यसबाट उक्त वडाबाट तीन जनाको उम्मेदवारी परेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *