Search
Close this search box.
Search
Close this search box.

उपनिर्वाचन: इलाममा रास्वपाबाट ६ जना आकांक्षी

राष्ट्रिय स्वतन्त्र पार्टीका ६ जनाले उपनिर्वाचनमा इलामबाट उम्मेदवार भन्ने आकांक्षा देखाएका छन्।

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, मिलन लिम्बू र शेषरमण न्यौपानेको निवेदन परेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले जनाएका छन्। बरालका अनुसार प्रारम्भिक निर्वाचनमा सहभागी ६ जनामध्येबाट एक जनाले उम्मेदवार चयन गरिनेछ।

इलाम-२ नेकपा (एमाले) ले सुहाङ नेम्वाङलाई उठाउने भएको छ। डकेन्द्र लिम्बु र अर्जुनविक्रम शाहीले स्वतन्त्र घोषणा गरेका छन्।

नेपाली कांग्रेसले भेषराज आचार्य, केशव थापा, डम्बरबहादुर खड्का, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला राईमध्ये एक जनालाई उम्मेदवार बनाउने भएको छ। सम्भावित उम्मेदवारसँग कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार छलफल गरिसकेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *