Search
Close this search box.
Search
Close this search box.

उर्लाबारी आगलागी घटनाका पीडित भन्छनः ‘जिँउदो लाश भएर बाँचेका छौ’

उर्लाबारी, २२ पुस। २०८० साल कात्तिक २६ गते लक्ष्मीपूजाको दिन मोरङको उर्लाबारी–७, बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा भएको आगलागीमा पाँच जनाको मृत्यु भएको थियो।

आगलागी नियन्त्रण गर्ने क्रममा चार प्रहरीसहित २४ स्थानीय व्यक्ति घाइते भएका थिए। घाइतेहरूले हालसम्म उचित क्षतिपूर्ति नपाएको र जीवनयापनमा कठिनाइ भइरहेको बताएका छन्।

EPIC EPIC EPIC

“मर्नेहरू त मर्नुभयो, परिवारलाई दुःख त अवश्य हुन्छ नै। तर हामी पनि जिउँदो लाश भएर बाँचेका छौँ। धेरै पीडा छ। बरु मरेकै भए हुन्थ्यो जस्तो लाग्छ,” घाइते राजीव दियालीले भने। उनले आफूहरूको पक्षमा बोल्ने कोही नभएको र जनप्रतिनिधिले पनि साथ नदिएको गुनासो गरे।

दियाली उर्लाबारीमा अलराउन्ड डान्स सेन्टर सञ्चालन गर्दै आएका थिए। सोही व्यवसायबाट जीवनयापन चलाउँदै आएका उनले आगलागीपछि ठूला समस्या भोग्नुपरेको बताएका छन्। “जलेपछि पहिले जस्तो काम गर्न सकेको छैन। जलन भएको हात चिलाउँछ, पोल्छ। बाहिर खुलेर निस्किन सक्दिनँ। काममा फर्किन पनि सकिएको छैन,” उनले भने।

“अरुको घर परिवार जोगाउन ज्यानको बाजी लगाएर लागेको थियौँ। कतिको ज्यान गयो। तर घरधनीले फर्केर हेरिरहनुभएको छैन,” दियालीले थपे।

आगलागीमा घाइते भएका २७ वर्षीय विक्रम शाहीको पीडा पनि कम छैन। उनी किराना पसलमा काम गर्थे र मासिक १० हजार रुपैयाँ कमाउँथे। तर, स्वास्थ्य अवस्थाका कारण अहिले काममा फर्किन सकेका छैनन्।

एक छोरी र श्रीमतीका साथ बस्दै आएका शाहीले आफ्नो हात, खुट्टा, ढाड र गालामा जलन भएको बताए। “कैयौँ रात भोकै सुतेका छौँ। नुनपानी र भात खाएर रात कटाएका छौँ,” उनले भने। “म काम गर्न सक्दिनँ। श्रीमतीलाई जागिर भए हुन्थ्यो।”

उर्लाबारीमा भएको यो आगलागी सम्भवतः नेपालको सबैभन्दा ठूलो घटना मानिन्छ। उक्त घटनाप्रति राज्यका हरेक निकायको चासो देखिएको थियो। तर, आश्वासन मात्र दिइएको र समस्या ज्यूँका त्यूँ रहेको पीडितहरूको गुनासो छ।

सुनचाँदी पसलमा भएको आगलागीका कारण उर्लाबारी–७ का ४३ वर्षीय रामनरेश मरिता, ६८ वर्षीय रुकुमबहादुर कार्की, ४२ वर्षीय कुमार तामाङ, ४९ वर्षीय हेमकुमार दाहाल र ४३ वर्षीय तपन पण्डितको ज्यान गएको थियो।

आगलागी नियन्त्रण गर्ने क्रममा ग्यास सिलिन्डर विष्फोट हुँदा चार प्रहरीसहित २८ जना घाइते भएका थिए। सो घटनामा साढे तीन करोड रुपैयाँ बराबरको क्षति भएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *