Search
Close this search box.
Search
Close this search box.

एकदिने नि:शुल्क स्वास्थ्य शिविरबाट केचनाका १५१ जना लाभान्वित

केचना। कचनकवल गाउँपालिका वडा नं. ४ र नेपाल रेडक्रस सोसाइटी उपशाखा, कचनकवल ४ को संयुक्त आयोजनामा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

स्पाइन एक्स हस्पिटल, भगवान चौक बिर्तामोडको हस्पिटल प्राविधिक सहयोगमा भएको शिविरमा झण्डै १ सय ५१ जनाले सेवा लिएका छन्।

अस्पतालसम्म पहुँच नपुगेका ग्रामीण क्षेत्रका बिरामीहरूमा स्वास्थ्य उपचार सेवाका लागि  विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण गरिएको छ। स्पाइन एक्स हस्पिटलबाट  ५ जना चिकित्सकहरूको सहभागितामा सञ्चालन भएको थियो।

शिविरबाट विभिन्न १२ प्रकारका सेवाहरू उपलब्ध गराएको थियो। हाडजोर्नी तथा मेरुदण्ड सम्बन्धी परामर्श तथा औषधी वितरण, नवजात शिशु तथा बालरोग सम्बन्धी परामर्श, हाडजोर्नी तथा ट्रमा सम्बन्धी परामर्श, पेट, छाती, मधुमेह, स्त्री तथा प्रसुती रोग सम्बन्धी परामर्शबाट वडावासीहरू लाभान्वित भएका छन्।

निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य सेवासँगै निःशुल्क आवश्यक औषधिको वितरण गरिएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *