Search
Close this search box.
Search
Close this search box.

एक्तेन मुभिज द्वारा निशुल्क स्वास्थ्य शिविर सञ्चालन

बिर्तामाेड – एक्तेन मुभिज प्रा.लि. बिर्तामाेडकाे आयाेजना तथा कन्काई हस्पिटल प्रा.लि. बिर्तामाेडकाे प्राविधिक सहयाेग र माई नगरपालिका वार्ड न. ६ काे सहकार्यमा इलामकाे माइ नगरपालिकाकाे महमाईमा चैत्र २० गते शुक्रवार १ दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन सफलता पुर्वक सम्पन्न भएकाे छ।

माई नगरपालिकाका नगर प्रमुख दिपक कुमार थेवे ज्युकाे प्रमुख आतिथ्यता र एक्तेन मुभिजका अध्यक्ष गाेपाल एक्तेन ज्युकाे अध्यक्षतामा सम्पन्न गरिएकाे शिविरमा माइ नगरपालिका र आसपासका क्षेत्रवाट लगभग २९५ जना विरामीहरुलाई निशुल्क चेकजाच परामर्श र आैषधी वितरण गरिएकाे थियाे।

शिविर सञ्चालन कार्यक्रममा मुभिजका सचिव नरेन्द्र लिङ्देनले स्वागत र वार्डका अध्यक्ष मुखराज आङ्देम्बे , कन्काई हस्पिटलका सञ्चालक महेन्द्र राई, अभय भुजेल, डा. राजेशकुमार महताे , डा. धर्मेन्द्र यादव र काेरियाेग्राफर राज शेर्माकाे आतिथ्यता रहेकाे थियाे।

बरिस्ठ स्त्री राेग बिशेषज्ञ डा. राजेशकुमार महताे, बरिस्ठ फिजिसियन डा. धर्मेन्द्रकुमार यादव र कन्काइ हस्पिटलका ९ जनाकाे टाेलीले सेवा प्रदान गर्नु भएकाे शिविर कार्यक्रममा कलाकार काेरियाेग्राफर नृत्य निर्देशक राज सुब्बा लावती ज्युले कार्यक्रम सञ्चालन गर्नु भएकाे थियाे।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *