बुधबारे । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बुद्धशान्ति गाउँपालिका वडा नम्बर -३ बाट नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्ष पदमा ईश्वरीराज ढकालले उम्मेद्धारी दिएका छन् । उनले उम्मेद्वारी दिएसंगै आँफू वडाध्यक्षमा निर्वाचित भए आँफूले पाउने सवारीसाधन कार्यकाल भरी नचड्ने बताएका छन् ।
नेपाली काँग्रेस वडा कमिटिले आयोजना गरेको चुनावी प्रचारप्रसार कार्यक्रमको उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन् । उनले दिगो विकासका निम्ति गुरुयोजना बनाएर काम गर्ने, सवारीसाधन नचढ्ने, जनता समक्ष पाँच बर्षे कार्यकालमा सिर झुक्न नदिने समेत प्रतिद्धता जनाउँदै वडाको सम्पूर्ण टोलमा समानुपातिक बजेटको बिनियोजन गर्ने, भ्रष्टाचार नगर्ने र गर्न नदिने बताएका छन् ।
वडा अध्यक्षको उम्मेदवार बनेका ढकालले व्यक्तिगत स्वार्थको लागि नभएर जनता र राष्ट्र हितको लागि जनताकै भावना अनुरुप आफू सधैँ लागि पर्ने बताए । उनले भने,- ‘जनता र कार्यकर्ताको मर्म अनुसार काम गर्न एक कार्यकाल मात्र दिनुहोस्, फेरी अर्का कार्यकालको लोभ गर्दिन ।’