Search
Close this search box.
Search
Close this search box.

एक लाख ३१ हजारले जिते कोरोना 

काठमाडौँ । शनिबार नेपालमा थप दुई हजार ५०८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा नौ हजार २७९ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ५०८ जनामा कोरोना देखिएको हो । शुक्रबार देशभर दुई हजार ३८ जनामा कोरोना पुष्टि भएको थियो ।

नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या एक लाख ७० हजार ७४३ पुगेको छ । हालसम्म देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ५८४ रहेको छ । मन्त्रालयका अनुसार देशभर थप दुई हजार २६४ जना सङ्क्रमित निको भएका छन् । योसहित कोरोना निको हुने सङ्ख्या एक लाख ३१ हजार २२२ पुगेको छ । यस्तै क्वारेन्टाइनमा दुई हजार ४१० जनामा छन् ।

यस्तै गत २४ घण्टामा काठमाडाँै उपत्यकामा एक हजार ३५७ जना कोरोना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडाँैमा एक हजार ११३, भक्तपुरमा ४९ र ललितपुरमा १९५ जना कोरोना सङ्क्रमित थपिएका हुन् ।
यस्तै शनिबार थप १७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । शुक्रबार पनि देशभर १७ जना सङ्क्रमितको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या ९३७ पुगेको छ । देशभर ३६५ जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

मन्त्रालयका अनुसार ६९ जना भेन्टिलेटरमा र २९६ जना सङ्क्रमित आईसीयूमा उपचाररत छन् । जसअनुसार बागमती प्रदेशमा १८४ जना आईसीयू र ५२ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । लुम्बिनी प्रदेशमा ४५ जना आईसीयू र चार जना भेन्टिलेटरमा, प्रदेश १ मा ३१ जना आईसीयू र नौ जना भेन्टिलेटरमा तथा प्रदेश २ मा
१२ जना सङ्क्रमित आईसीयूमा उपचाररत छन् ।

त्यस्तै सुदूरपश्चिममा पाँच जना आईसीयू र एक जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा १५ आईसीयू र तीन जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा चार जना आईसीयू उपचाररत छन् । यस्तै शनिबार ३८ हजार ३५७ जना सक्रिय सङ्क्रमितमध्ये ३१ हजार आठ जना होम आइसोलेसनमा छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *