एक हजार तीन सय दुई जनाले गरे सवारी व्यवस्थापनमा सहयोग

अन्य दिनको तुलनामा २०८१ जेठ १६ गते बुधवार दिउँसो काठमाडौँका मुख्य तथा व्यस्त चोकमा पहेँलो रङ्गको ‘क्यामाफ्लाइज’ ज्याकेट लगाएर हजारौँ युवायुवती ट्राफिक नियम सिकाउनमा व्यस्त देखिन्थे ।

यसरी पहेँलो रङ्गको ‘क्यामाफ्लाइज’ ज्याकेट लगाएर आ–आफ्नो समयअनुसार दिनभरि एक हजार तीन सय दुई जनाले स्वयम् सेवकका रुपमा सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीलाई सहयोग गरेका थिए । उनीहरु कुनै नयाँ सङ्घ संस्थाका प्रतिनिधि, विद्यार्थी एवं ट्राफिक प्रहरी नभएर ट्राफिक नियम उल्लङ्घन गर्दा कारबाहीमा परेका थिए ।

EPIC EPIC EPIC EPIC EPIC

उनीहरुले जेठ १६ गते  बिहान ९ बजेदेखि ५ बजेसम्मको समयमा सवारी साधन व्यस्त हुने चोकमा सवारी व्यवस्थापनमा सहयोग गरेका हुन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्दा कारबाहीमा परेकालाई २०७१ जेठ १६ गतेदेखि स्वयम् सेवकका रुपमा सडकमा खटाउन सुरु गरेसँगै उनीहरुले २०८१ जेठ १६ गते  पहिलो दिन सवारी व्यवस्थापनमा सहयोग गरेका हुन् ।

उनीहरु खटिएपछि जेठ १६ गते  काठमाडौँका व्यस्त सडकहरुमा ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापन गर्न सहज भएको थियो ।

ट्राफिक नियम उल्लङ्घन गर्दा कारबाहीमा परेका एक हजार तीन सय दुई जनालाई जेठ १६ गते काठमाडौँ, ललितपुर र भक्तपुर क्षेत्रमा स्वयम् सेवकका रुपमा सवारी व्यवस्थापनमा खटाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ट्राफिक नियम उल्लङ्घन गर्दा कारबाहीमा परेकालाई हामीले स्वयम्सेवकका रुपमा सवारी व्यवस्थापनमा खटाइएका थियौँ, बेलुकी ५ बजेसम्म उहाँहरु खटिनुभएको थियो ।”

स्वयम्सेवकका रुपमा सिंहदरबार गेट, माइतीघर, भद्रकाली, पुतलीसडक, पद्मोदय मोड, सातदोबाटो चोकलगायत ठाउँमा खटाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सवारी चालकलाई ट्राफिक नियमको सामान्य ज्ञान दिएर फिल्डमा खटाइएको थियो । ट्राफिक नियम उल्लङ्घन गर्ने प्रत्येकले एक घण्टा स्वयम्सेवकका रुपमा सडकमा खटिनुपर्ने जनाइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *