एमसीसीविरुद्ध चर्को आन्दोलन : ३० राउण्ड रबरको गोली चल्यो, प्रहरीसहित दर्जनौँ घाइते

काठमाडौं – सत्तारुढ गठबन्धनभित्रको विवादका बीच सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पेश गरेपछि दिनभर बानेश्वर क्षेत्र तनावग्रस्त बन्यो । बिहानैदेखि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठनका साथै राप्रपा र अन्य साना कम्युनिस्ट घटकहरुले प्रदर्शन गरेका थिए भने एमसीसी टेबल नै भएपछि आन्दोलन थप उग्र बन्यो ।

सो क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा दर्जनौँ घाइते भएका छन् भने कम्तिमा ५० जना पक्राउ परेका छन् । घाइते हुनेमा नेपाली प्रहरीतर्फ मात्रै १७ जना घाइते भएका छन् भने सशस्त्र प्रहरीतर्फपनि ७ जना घाइते भएका छन् । सशस्त्र प्रहरीका घाइते ३ जनाको बलम्बुस्थित एपीएफ अस्पतालमा उपचार भइरहेको छ भने बाँकी ४ जनाको संसद भवनभित्रै रहेको आपतकालीन उपचार कक्षमा उपचार भइरहेको छ । यस्तै नेपाल प्रहरी तर्फबाट घाइते भएकाहरुको पनि विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ।  

EPIC EPIC EPIC

प्रहरीका अनुसार आन्दोलनकारीतर्फ ३ जना मात्रै घाइते भएको जानकारी आएको छ । तर, आन्दोलनकारीले बताएअनुसार दर्जनौँ घाइते भएका छन् । अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, वाईसीएलका सहयोजक सुवोध श्रीपालीसहित दर्जन बढी घाइते भएका हुन् । यस्तै साना कम्युनिस्ट घटक तर्फपनि दर्जनौँ घाइते भएका छन् । नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले प्रहरीले ब्यापक दमन गरेको र सो क्रममा दर्जनौँ घाइते भएको रातोपाटीलाई बताए ।  उनले आज आन्दोलनकारीलाई पक्राउ गर्ने भन्दा पनि प्रहरी नियन्त्रणमा लिएर भाटा प्रहार गर्ने कार्य गरेको भन्दै विरोध गरे । 

प्रहरीले झडपका क्रममा ५० जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ । यस्तै भीडलाई नियन्त्रणमा लिने क्रममा ११५ जना अश्रु ग्यास प्रहार गर्नुका साथै ३० राउण्ड रबरको गोली प्रहार भएको जनाएको छ । यस्तै प्रहरीले ढुंगामुढा छेक्ने २५ वटा ढाल फुटेको पनि जनाएको छ । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा एसपी सन्तोषसिंह राठौरका अनुसार प्रहरीतर्फ झडपमा १७ जना घाइते भएका छन् । यस्तै भीडलाई नियन्त्रणमा लिने क्रममा पानीको फोहोरा पनि प्रयोग भएको जानकारी दिए । रातोपाटीमा खबर छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *