झापा, नेकपा एमालेले स्थानीय निर्वाचनका लागि झापाका आठ पालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्गो लगाएको छ ।
नेकपा एमालेले बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा यस अघिका उपाध्यक्ष मिरा भुर्तेल र उपाध्यक्षमा धरणी पोखरेललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
एमालेले भद्रपुर नगर प्रमुखमा असारु राजवंशी र उपप्रमुखमा कौशिला अधिकारीलाई उम्मेद्वार बनाउने भएको छ ।
त्यस्तै दमक नगरपालिकाको प्रमुखमा हालकी उपमेयर गीता अधिकारीलाई मेयरको उम्मेद्वार बनाएको छ भने उपमेयरमा अम्बिका खनाललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
विर्तामोड नगरपालिकाको मेयरमा हालकी उपमेयर पवित्रा महतारा प्रसाईंलाई र उपमेयरमा बिर्तामोड–२ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाको उम्मेदवारी टुङ्गो लगाएको छ।
गौरादह नगरपालिकाको मेयरमा छत्रपति सुबेदी र उपमेयरमा जलवर्षा राजवंशीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
कनकाई नगरपालिका प्रमुख र उपप्रमुखमा अहिलेकै मेयर उपमेयरलाई दोहोर्याउने भएको छ । उनका अनुसार मेयरमा राजेन्द्र पोखरेल र उपमेयरमा मन्जु प्रसाईंलाई उम्मेद्वार बनाउने निर्णय भएको छ ।
त्यस्तै, बाह्रदशी गाउँपालिकाको अध्यक्षमा देवेन्द्र चम्लागाई र उपाध्यक्षमा शान्ता खरेललाई उम्मेद्वार बनाउने निर्णय गरको छ ।
शिवसत्ताक्षी नगरपालिकाको मेयरमा रोशन थोप्रा र उपमेयरमा नरमाया कार्कीलाई उम्मेद्वार बनाउने नेकपा एमालेले टुङ्गो लगाएको छ।