काठमाडौं। अपोलो अस्पताल दिल्लीमा उपचाररत पूर्वप्रधानमन्त्री एवं एमाले नेता झलनाथ खनालको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ। खनालका स्वकीय सचिव कृष्ण भट्टराईकाअनुसार अहिले अक्सिजन सपोर्टबिना नै उपचार भइरहेको छ। अक्सिजन सपोर्ट हटाइएको छ,नर्मल ब्रेथिङ सिस्टममा फर्किसक्नुभएको छ। स्वास्थ्य समस्या भएपछि खनाललाई असार २ गते उपचारका लागि अपोलो अस्पताल दिल्ली लगिएको थियो।