एमाले बुद्धशान्ती इन्चार्जद्वारा राजिनामा

बुद्धशान्ति, नेकपा एमाले बुद्धशान्तीका इन्चार्ज योगकुमारी पराजुलीले पार्टीबाट राजिनामा दिएकी छिन् ।
पराजुलीले पार्टीभित्रको प्रबृत्तिका कारण आफू साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको उल्लेख गरेकी छिन्।
उनी अघिल्लो स्थानीय निकाय ताका उपाध्यक्ष पदको दावेदार मानिएकी थिइन् तर आन्तरिक रुपमा क्षेत्रगत सन्तुलन मिलाउने भन्दै उनलाई बसाईएको जानकारहरु बताउँछन् ।
यसपटक पनि उपाध्यक्षको लाइनमा रहेकी पराजुली आन्तरिक भागबन्डाको सिकार बनेपछि राजीनामा दिएकी हुन् ।

उनको राजिनामा पत्र यस्तो छ।

EPIC EPIC EPIC

म झापा जिल्ला कमिटि सदस्य योग कुमारी पराजुली हाल बुद्धशान्ती गा.पा. इन्चार्ज पदमा रही पार्टी को जिम्मेवरी सम्माल्दै आएको, २०५४ सालको स्थानीय चुनाबमा महिला सदस्यमा निर्वाचित म पार्टीको संगठन विस्तारमा विभिन्न महिला संगठनको नेतृत्व गर्दै यस पार्टीलाई पहिलो पार्टी बनाउन मेरो पनि योगदान रहेको सर्वविदितै छ । तर हाल स्थानीय चुनाव नजिकिदै गर्दा पार्टीमा गुट उपगुटको ठूलो प्रभाव कार्यगर्ने क्षमता भन्दा माथिल्लो स्तरका नेताको भनसुनमा हरेक काम गर्ने गराउने प्रविधिको विकास, नीति, निष्ठा, शिद्धान्त भन्दा फरक मानिसको प्रभाव पार्टीमा हदै सम्म देखिन थालिनु र नाम मात्रको इन्चार्ज हुनुको महशुस हुनु र हामी जस्ता सच्चा पार्टी सदस्यको पार्टीमा बस्नु औचित्य समाप्त हुदै गएको र हामीले पार्टीमा गरेको योगदानको पार्टी उच्च नेताबाट मूल्यांकन नभएकाले आजैको मितिबाट यस पार्टी ने.क.पा. (एमाले) को साधारण सदस्य समेत नरहने गरी राजिनामा गरेको घोषणा गर्दछु साथै आजबाट स्वतन्त्र नागरिकको हैसियतले समाजिक सेवामा लाग्ने जानकारी गराउदछु।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *