बुद्धशान्ति। एम्बिसन एकाडेमी बुद्धशान्ति–२ जयपुरले महान पर्व जनै पूर्णिमा तथा रक्षाबन्धनको अवसर पारेर ईलाका प्रहरी कार्यालय बुधबारे र शनिश्चरेका सुरक्षाकर्मीहरुलाई जनै तथा राखी लगाइदिएर पर्व मनाएको छ ।
विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको इलाका प्रहरी कार्यालय पुगेर बुधबारेका सुरक्षाकर्मी तथा ट्राफिकहरुसँग र अर्जुनधारा मन्दिर परिसरमा शनिश्चरेका सुरक्षाकर्मीहरुसँग खुसी साटासाट गरेका थिए । जनताको जनधनको सुरक्षा तथा शान्ति सुरक्षाको लागि समर्पित सुरक्षाकर्मीहरुसंग सँगै चाडपर्व मनाउन पाएकोमा विद्यार्थीहरु प्रफुल्लित भएका थिए भने सुरक्षाकर्मीहरु पनि खुसी देखिन्थे । कार्यक्रमको विषयमा बोल्दै शिक्षिका ज्योती पोखरेलले यस्ता कार्यक्रमहरुले संस्कृतिको जगेर्ना गर्ने साथै विद्यार्थीहरूको क्षमतामा वृद्धि गर्ने भएकाले यस्ता कार्यक्रमको आयोजना गरिएको बताइन् ।
विद्यार्थीहरुलाई संस्कार र संस्कृति सिकाउँदै आएको विद्यालयले यस्ता किसिमका कार्यक्रमलाई सदैव निरन्तरता दिँदै आएको विद्यालयका यस बर्ष पनि निरन्तरता दिने विद्यालयका प्रबन्ध निर्देशक दिपेन सिटौलाले बताएका छन् ।