Search
Close this search box.
Search
Close this search box.

एयर अरेबिया विमानको शौचालयमा शिशु जन्माउने महिला आइसीयु भर्ना

एयर अरेबिया विमानको शौचालयमा मंगलबार (विहान) बच्चा जन्माएपछि त्यही छाडेर निस्किएकी महिलाको आईसीयूमा उपचार भइरहेको छ । उनलाई केएमसी अस्पतालमा भर्ना गरिएको छ । एयरलाइन्सका सरसफाइ कर्मचारीले नवजात शिशु शौचालयमा देखेपछि आमाको खोजी सुरु भएको थियो । विमानबाट ओर्लिएर अध्यागमनमा आइपुग्न लाग्दा प्रहरीले बच्चाकी आमालाई नियन्त्रणमा लिएको थियो । त्यतिबेला महिला निकै पीडामा देखिएकी थिइन् ।

त्यसपछि तत्कालै उनलाई अस्पताल पुर्‍याएर आईसीयूमा भर्ना गरिएको थियो । नवजात शिशुको भने मृत्यु भइसकेको छ । विमानका यात्रुले ती महिला लामो समय शौचालयमा बसेको बताएपछि प्रहरीलाई उनको पहिचान गर्न सहज भएको थियो । प्रारम्भिक अनुसन्धानमा महिला वैदेशिक रोजगारीबाट फर्किएको पाइएको छ । नवलपरासीको बर्दघाटकी ३० वर्षकी ती महिला अविवाहित हुन् ।

‘उनी बोल्न नमानेकाले अन्य कुरा बुझ्न बाँकी छ’, काठमाडौं प्रहरीका एक अधिकारीले भने । यूएईको शारजहाबाट बिहान ९ बजेर १० मिनेटमा एयर अरेबियाको विमान त्रिभुवन विमानस्थलमा अवतरण भएको थियो । त्यसपछि सरसफाइ गर्ने क्रममा शिशु फेला परेको हो । अनुसन्धानका क्रममा ती महिला साढे ३ वर्षअघि वैदेशिक रोजगारीका लागि कुवेत गएको खुलेको छ । उनका आफन्तहरु सम्पर्कमा आइसकेका छैनन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *