एशियन गेम्स:आज क्रिकेटमा नेपाल मंगोलियासँग खेल्दै

एशियन गेम्स अन्तर्गत आज नेपालले मंगोलियाविरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार विहान ६: ४५ बजेदेखि शुरु हुदै छ । 

नेपालले पहिलो खेल सेप्टेम्बर २७ मा मंगोलियासँग खेल्नेछ भने अक्टोबर १ मा माल्दिभ्ससँग खेल्नेछ ।

EPIC EPIC EPIC EPIC EPIC

क्वाटरफाइनलका खेल अक्टोबर ३ र ४ मा हुनेछ । नेपाल, मंगोलिया र माल्दिभ्स समूह ‘ए’ मा छन् । समुह  ‘बि ‘ मा कम्बोडिया, हङकङ र जापान, ‘सी’ मा  मलेसिया, सिंगापुर र थाइल्याण्ड रहेका छन् । 

टी- २० फर्म्याटमा आयोजना हुने प्रतियोगिताको प्रत्येक समूहका शीर्ष टोली क्वाटरफाइनलमा पुग्नेछन् । भारत, पाकिस्तान, श्रीलंकाम, बंगलादेश र अफगानिस्तानले भने क्वाटरफाइनलमा सिधै प्रवेश पाएका छन् । सेमिफाइनल अक्टोबर ६ मा हुनेछ । फाइनल र तेस्रो स्थानको खेल ७ अक्टोबरमा हुनेछ ।

एशियान गेम्सका लागि कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टिम रहेको छ ।

टिममा रोहित पौडेल (कप्तान), करण केसी, प्रतिष जिसी, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, सन्दीप जोरा, बिनोद भण्डारी, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, सागर ढकाल, बिबेक कुमार यादव, अविनाश बोहोरा र सन्दीप लामिछाने रहेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *