एसईई परीक्षा जेठ १३ गतेदेखि

प्रदेश सरकारद्वारा तीन वर्षमा साढे ३६ अर्ब खर्च

काठमाडौं – २०७७ सालको माध्यमिक शिक्षा परीक्षा -एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि संचालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा संचालन हुनेछ।

EPIC

आगामी एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने छ । गत वर्ष कोरोना भाइरसको महामारीका कारण स्कुलले नै लिएको थियो। आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डमा पठाइएको थियो।

गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो । एसईई परीक्षाको व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण कामको जिम्मा प्रदेश सरकारले पाएपनि कानुन अभावमा अझैसम्म पनि कक्षा १० को एसईई परीक्षा राष्ट्रिय परीक्षा बोर्डले नै सञ्चालन गर्दै आएको छ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar