Search
Close this search box.
Search
Close this search box.

ओमन गएकी झापाकी बिनादेवी डेढ वर्षदेखि कोमामा, नेपाल ल्याउन आर्थिक सहयोगको अपिल

झापा। मेचीनगरकी ४५ वर्षीया बिनादेवी कवरलाई ओमनबाट नेपाल ल्याउन उनका परिवारले आर्थिक सहयोगको अपिल गरेका छन्। बिनादेवी छ वर्षअघि आर्थिक अवस्था सुधार्नका लागि ओमन गएकी थिइन्। तर, डेढ वर्षदेखि प्यारालाइसिसको कारण अचेत अवस्थामा रहँदै आएको र अहिले ओमनको सरकारी अस्पताल ‘सुलतान कावुस्स सलाह अस्पताल’ मा उपचार गराइरहेकी छिन्।

बिनादेवीका जेठा छोरा सञ्जय कवरले प्रेस क्लब मेचीनगरको हलमा आयोजित पत्रकार सम्मेलनमा आमालाई नेपाल ल्याउन करिब १४ लाख रुपैयाँ आवश्यक पर्ने जानकारी गराउँदै आर्थिक सहयोगका लागि सबैसँग अपिल गरेका छन्। सञ्जयले भने, “हामी दैनिक मजदूरी गरेर गुजारा चलाउँदै आएका छौं। यत्रो पैसा कहाँबाट जुटाउनु? जस्तोसुकै अवस्था भएपनि आमाको हेरचाह आफ्नै देशमा गर्छु भन्ने मेरो अठोट हो।”

EPIC

बिनादेवीका श्रीमान् चिनीलाल कवर धुलाबारीमा ज्यालादारी काम गर्छन्, भने जेठा छोरा सञ्जय मेचीनगर–७ मा मजदुरी गर्छन्। कान्छा छोरा सुरज काठमाडौँमा मूर्ति बनाउने काम गर्छन् र छोरी अनिता कवरको विवाह भइसकेको छ।

२०७५ सालमा वैदेशिक रोजगारीका लागि कुवेत पुगेकी बिनादेवीले १४ महिना काम गरेपछि राम्रो आर्थिक जोहो गर्न सकिने आशामा ओमन गएकी थिइन्। तर, २०७९ सालको माघ २३ गते अचानक बिरामी भएको खबर आएपछि परिवारले उनको अवस्था बुझ्न खोजेपनि आर्थिक अभावका कारण केही गर्न सकेनन्।

समाजसेवी धमेन्द्र खडकाको पहलमा ओमनको नेपाली दूतावासका कन्सुलर गोविन्दप्रसाद आचार्यसँग भिडियो सम्पर्क गरी बिनादेवीको बारेमा थप जानकारी लिइएको थियो। कन्सुलर आचार्यका अनुसार, बिनादेवीलाई नेपाल ल्याउन मेडिकल सर्पोटको टिमसहित दुईवटा विमान परिवर्तन गर्नुपर्ने भएकाले करिब १४ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

पत्रकार सम्मेलनमा बिनादेवीकी दिदी बुल्ली कवर, सञ्जय कवर, सामी संस्थाकी कर्मचारी गीता खरेल र समाजसेवी धमेन्द्र खड्का समेत उपस्थित थिए। हालसम्म नेपाल सरकारले बिनादेवीलाई नेपाल ल्याउन कुनै ठोस कदम नचालेको परिवारको गुनासो छ।

सञ्जय कवरले आमालाई नेपाल ल्याउन सबैसँग सहयोगको अपिल गर्दै उनले आमाको उपचार र हेरचाह आफ्नै देशमा गराउन चाहेको बताएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *