ओलम्पिक सम्भव बनाएर छाड्ने ः आईओसी

टोकियो, एजेन्सी । कोरोना भाइरसविरुद्धको भ्याक्सिन समयमै सर्वसुलभ उपलब्ध नभए पनि सन् २०२१ को ओलम्पिक आयोजना सम्भव बनाएर छाड्ने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले जनाएको छ ।

EPIC

आईओसी अध्यक्ष थोमस बाचले अन्तर्राष्ट्रिय स्तरका ठूला प्रतियोगिताहरू सुरु हुन थालेकाले भ्याक्सिनबिनै ओलम्पिक गर्न सकिने बताएका हुन्। ‘कोरोनापछि जसरी अन्य ठूला खेल गतिविधि सञ्चालन भएका छन्। त्यसले हामीलाई हौसला थपेको छ। कोरोनाको भ्याक्सिनबिनै ओलम्पिक सञ्चालन गर्न सकिने पाठ हामीले सिकेका छौं’, ओलम्पिकबारे आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बाचले भने।

विश्वभर कोरोनाको त्रास बाँकी रहेकाले त्यसबाट बचेर सुरक्षित तरिकाले ओलम्पिक सम्पन्न गर्न आईओसी, जापान सरकार, आयोजक कमिटी र टोकियो महानगर तत्पर रहेको पनि बाचले बताए। आईओसीले टोकियो ओलम्पिकमा सहभागी सबै देशका खेलाडी, पदाधिकारी र अफिसियलले अनिवार्य रूपमा कोरोना परीक्षण गर्नुपर्ने नियम राखेको छ। कोरोना परीक्षणको नियम जापानी खेलाडीलाई पनि लागू हुनेछ। खेलाडीले प्रशिक्षण स्थलमा जाँदासमेत अनिवार्य परीक्षण गर्नु पर्नेछ ।

ओलम्पिक सफल रूपमा सम्पन्न गर्न जापानका नयाँ प्रधानमन्त्री योसिहिदे सुगा र आईओसी अध्यक्षबीच पनि छलफल भइसकेको छ । छलफलमा कोभिड–१९ बाट बच्न र सबैखाले सावधानी अपनाएर ओलम्पिक सम्पन्न गर्न दुवै पक्ष सहमत भएका छन्। कोरोना महामारीका कारण यसअघि सन् २०२० को जुलाई २४ देखि अगस्ट ९ सम्मका लागि तय भएको ओलम्पिक एक वर्ष पर सारिएको थियो।

EPIC EPIC EPIC

आईओसी, जापान सरकार र आईओसीका सदस्य राष्ट्रको सामूहिक निर्णयमा ओलम्पिक सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना गर्ने निर्णय गरेको थियो।

EPIC
EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar