कक्षा १२ सम्म नि:शुल्क शिक्षाको तयारी

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने सोचमा सरकार रहेको बताएका छन्।

सिन्धुपाल्चोकको चौतारा –८ स्थित इर्खु माध्यमिक विद्यालयको ६४औँ वार्षिकोत्सव तथा २४औँ अभिभावक भेलालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सरकारले निःशुल्क पठनपाठनको तयारी गरिरहेको जानकारी दिए। 

EPIC EPIC EPIC EPIC EPIC

‘१२ कक्षासम्म निःशुल्क पठनपाठनको व्यवस्था गर्ने तयारीमा सरकार रहेको छ,’ मन्त्री बस्नेतले भने, ‘आर्थिक अभावमा  कुनै पनि विद्यार्थी पढ्नबाट वञ्चित हुने अवस्था नआओस् भनेर कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने सोचमा सरकार छ। त्यसको घोषणा चाँडै हुनेछ।’ 

मन्त्री बस्नेतले चिकित्सा शिक्षालाई सबैको पहुँचमा पुर्‍याउने अभियानमा आफू लागेको बताउँदै ३ सय शय्या भएको अस्पतालमा नर्सिङ, ३ सयभन्दा माथिका अस्पतालमा चिकित्सा शिक्षा अध्यापनको अनुमति दिइने जानकारी दिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *