झापा। झापाको कचनकवल गाउँपालिका वडा नं. २ स्थित आँगुलफुटा खोलाले आएको बाढीले मोटरसाइकल बगाएको छ।
शुक्रबार दिउँसो करिब १२:२० बजेको समयमा प्र.१-०२-०५प ६९७८ नम्बरको मोटरसाइकल खोला तर्ने क्रममा बगेको थियो।
मोटरसाइकल चालक, २७ वर्षीय रविन भट्टराई भने सकुशल रहेका छन्।
हाल प्रहरी चौकी पथरियामा जानकारी पुगेपछि प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको छ। मोटरसाइकलको खोजी कार्य जारी रहेको बताइएको छ।