कचनकवलको दिपज्योति र पाथीभरा सामुदायिक बनमा २०७४ देखिको आर्थिक हिनामिनाको पर्दाफास

कचनकवल। कचनकवल गाउँपालिका वडा नं. ७ ताराबानास्थित दिपज्योति सामुदायिक बन उपभोक्ता समूहमा २०७४ सालमा आर्थिक हिनामिना भएको पाइएको छ।

EPIC

दिपज्योति सामुदायिक बन उपभो दीपज्योती सामुदायिक बन उपभोक्ता समितिका तत्कालीन बन उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण राई र सचिव खगेन्द्र मोक्तानले काठको हिनामिना गरेको बर्तमान अध्यक्ष हरि लिम्बूले आरोप लगाएका छन्।

EPIC EPIC EPIC

दिपज्योति सामुदायिक बनले पाथिभरा सामुदायिक बनबाट बिल ल्याई ४६.२८ क्युफिट बराबरको काठ दिपज्योति सामुदायिक बनका उपभोक्ताहरूलाई बिक्री गरेको र त्यसबाट प्राप्त रकममा हिनामिना गरेको खुलासा भएको हो। उपभोक्ताहरूका अनुसार यस्ता खालका बिलहरू अरु पनि थुप्रै रहेको बताएका छन्।

तत्कालीन समितिले विभिन्न पदाधिकारीहरूको किर्ते हस्ताक्षरसमेत गरेर उपभोक्ताहरूलाई ठगेको आरोप पनि लगाइएको छ। उपभोक्ताहरूले यस्ता हिनामिना गर्ने व्यक्तिहरूलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन्।

उपभोक्ताहरूको भनाइ अनुसार यस्ता खाले आर्थिक अनियमितता र किर्ते हस्ताक्षरका घटना अरू पनि भएका हुनसक्ने आशंका गरिएको छ। सम्बन्धित निकायलाई छानबिन गरी दोषीलाई कारबाही गर्न उपभोक्ताहरूले आग्रह गरेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *