Search
Close this search box.
Search
Close this search box.

कचनकवलमा आजदेखि एड्भान्सड ब्याग झोला बनाउने तालिम शुरु

कचनकवल। “अर्थिक समृद्धिको आधार लगु उद्यम मार्फत रोजगार” भन्ने मुल नारासहित कचनकवलमा आजदेखि १० दिने निःशुल्क एन्भान्सड ब्याग झोला बनाउने तालिम सुरु भएको छ ।

गरिबी निवारणको लागि लघु उद्यम कार्यक्रम अन्तर्गत महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

कचनकवल गाउँपालिका २ दोर्णचार्य सामुदायिक भवनस्थित कचनकवल गाउँपलिकाको आयोजनामा शुरु भएको तालिममा १२ जना महिलाहरुको सहभागिता रहेको छ।

तालिममा ६ प्रकारका झोला ठूलो व्याग, पार्टी व्याग, हाते व्याग, मोबाइल व्याग, तरकारी व्याग र पेन्सिल व्याग बनाउन सिकाइने प्रशिक्षक शृजना श्रेष्ठले  बताइन् ।

कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा लघु उद्यम शाखा प्रमुख तथा संयोजक भुमि प्रसाद राजवंशी, लघु उद्यम सहजकर्ता सरिता सुब्बा र सयबती राजवंशी लगायतको उपस्थिति थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *