कचनकवलमा एकदिने बाली उपचार शिविर सम्पन्न

कचनकवलमा एकदिने बाली उपचार शिविर सम्पन्न

कचनकवल। झापाको कचनकवल गाउँपालिका वडा नंं ७ बालुबाडीमा एक दिने बाली उपचार शिविर सम्पन्न भएको छ । किसानले लगाएको विभिन्न किसिमका तरकारी बाली फलफूलको फल झर्ने, बोटका मुन्टा सुक्ने, काक्रो, फर्सी, लौका, घिरौला जस्ता लहरे बालीमा फल कुहाउने औँसा कीरा, मकैमा अमेरिकन फौजी कीरा भिण्डी, खुर्सानीमा जेसीड कीरा र कोत्रे राग लिचीमा फल फुट्ने समस्या लिची रस्ट,  आँपमा औँसा कीरा लगायतको समस्याले हैरान भएका बेला गाउँमै कृषि प्राविधिक पुगेपछि यहाँका किसानलाई राहत भएको हो । उक्त शिविर कृषि ज्ञान केन्द्र झापाको आयोजनामा भएको हो । 

शिविरमा कृषि ज्ञान केन्द्र झापाका बाली संरक्षण अधिकृत सागर विष्टले बालीमा लाग्ने रोग, समाधानको उपाय, विषादी प्रयोग गर्ने तरिका र त्यसबाट हुने फाइदा बेफाइदा लगायत कृषिसँग सम्बन्धित विविध जानकारीहरू कृषकहरूलाई जानकारी गराइएको बताउनुभयो । पछिल्लो समय बालीमा लाग्ने रोगको सङ्क्रमणबाट बचाउनका लागि प्रयोग गरिने विषादीको दुरुपयोग भएको र यसलाई प्राविधिक सल्लाह बिना जथाभावी प्रयोग नगर्न र सबैखाले किरामा एउटै विषादी प्रयोग भएका कारणले रोगको समस्या विकराल बन्दै गएको, साथै विषादी प्रयोग पछि केही समय फलफूल तथा सागसब्जी उपभोग गर्न नहुने उहाँले बताउनुभयो । 

EPIC EPIC EPIC EPIC

शिविरमा ५० जना कृषले ल्याएको १ सय ५० भन्दा बढी नमुना परिक्षण गरि कृषकलाई आवश्यक विषादी समेत वितरण गरिएको  कचनकवल गाउँपालिकाका कृषि शाखा प्रमुख संगम सापकोटाले जानकारी दिनुभयो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Nabin Upreti नबिन उप्रेती

नवीन उप्रेती

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका झापा सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *