झापा बैशाख ३० मा हुने स्थानीय निकायको चुनावमा देशभर नेपाली काङ्ग्रेस सहितको ५ दलिय गठबन्धन बनिरहदा झापामा भने नेपाली काङ्ग्रेस र एमालेले चुनावी तालमेल गर्ने भएका छन्।
झापाको कचनकवल गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन हुने भएको छ।
गाउँपालिकाको अध्यक्ष कांग्रेसलाई र उपाध्यक्ष एमालेलाई दिनेगरी गठबन्धन बनेको नेकपा एमाले जिल्ला अध्यक्ष दिपक कार्कीले बताए।
उनले भोलि र पर्सि हुने मनोनयन दर्तामा आफ्नो दलले कचनकवल गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी नदिने समेत जानकारी दिए।
उनले भने, “काङ्ग्रेसले पनि आवश्यकता अनुसार तालमेल गर्ने भनेकाले कचनकवलमा हामिले चुनावी तालमेल गरेका हौं।”
अध्यक्षमा कांग्रेसका कालेन्द्र राजवंशी र उपाध्यक्षमा एमालेका नवराज भट्टराईले उम्मेदवारी दिने भएका छन्।राप्रपाको वर्चस्व तोड्न दुई पार्टीले तालमेल गरेका हुन्।
राप्रपाका तर्फबाट अहिले अध्यक्ष अन्जार आलम र उपाध्यक्ष निमसरी राजवंशी उठ्ने भएका छन्।