Search
Close this search box.
Search
Close this search box.

कचनकवलमा कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्नुपर्ने युवाको माग

बनियानी। सचेतक युवा समूह झापाले सरकारी विद्यालयमा कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्नुपर्ने माग राख्दै कचनकवल गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । युवा समूहका बिकिन काम्बाङ लिम्बुसहित गाउँपालिका पुगेका टोलीले कचनकवल गाउँपालिका अध्यक्ष  कालेन्द्र प्रसाद सिंह राजवंशीलाई सो ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

शिक्षा क्षेत्रका योजना समस्या समाधान गर्ने स्थानीय सरकारको प्रमुख दायित्व भित्र पर्छ । त्यसैले आवश्यकता अनुसारको शिक्षा प्रदान गर्ने स्थानीय प्रणालीको जिम्मेवारी हो भन्ने मान्यता अनुरूप निःशुल्क र अनिवार्य विद्यालय शिक्षाको कदमहरू चाल्नु पर्छ । यसबाट कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन हुँदैन भनी ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

सामुदायिक विद्यालयतर्फ नगरभित्र कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था, पुस्तक, जुत्तामजा, टाई, बेल्ट निःशुल्क वितरण, विद्यालयको विभिन्न गतिविधि निःशुल्क गर्ने, स्वच्छ पिउने पानी तथा सफा चर्पीको व्यवस्था गर्नुपर्ने माग राखिएको छ ।

त्यस्तै निजी विद्यालयतर्फ परीक्षाको बेला मासिक शुल्क नतिरिएको बहानामा आधा घण्टा सम्म विद्यार्थीलाई बाहिर राख्ने प्रवृत्ति तुरुन्त बन्द गर्नुपर्ने, प्रमाणपत्र विना विद्यार्थी भर्ना बन्द गर्नुपर्ने, मनोमानी रुपमा शुल्क लिने गरेकोलाई छड्के चेकजाँच गरी कारबाहीको दायरामा ल्याउनु पर्ने र स्वच्छ पिउने पानी तथा सफा चर्पीको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।

यी मागहरूको बारेमा स्थानीय सरकारको ध्यानाकर्षण गराइएको बताउँदै समूहका लिम्बुले भने, ‘सचेतक युवाहरूको यी मागप्रति स्थानीय सरकारले आवश्यक कदम नचाले भोलीका सशक्त रुपमा उत्रिने छौँ ।’ ती अप्रिय घटनाप्रति स्थानीय निकाय नै जिम्मेवारी हुनु उनको भनाई छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *