Search
Close this search box.
Search
Close this search box.

कचनकवलमा ठग्दै हिड्ने दुईजना भारतीय पक्राउ

झापा। कचनकवल गाउँपालिका-४ फर्कागाछीबाट ठगीको आरोपमा दुईजना पक्राउ परेका छन्। स्थानीय महिला र वृद्धवृद्धाहरुलाई ललाईफकाई, डरत्रास देखाई धम्की दिने तथा नगद र जिन्सी सामान लिएर ठगी गर्दै गरेको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय केचनाको टोली, प्रहरी नायब निरीक्षक राजन कुमार प्रधानको नेतृत्वमा घटनास्थलमा पुगेपछि उनीहरुलाई नियन्त्रणमा लिएको हो। थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ।

EPIC EPIC EPIC

पक्राउ परेका व्यक्तिहरु बिहारको किशनगञ्ज चुल्ली गाउँका २६ वर्षीय महमद राजा र सोही जिल्लाका डिमाहाट पोस्ट निवासी २५ वर्षीय बल्पी नेट रहेको खुलेको छ। उनीहरु BR 37AE7552 नम्बरको भारतीय मोटरसाइकलमा कचनकवल पुगेको स्थानीयले जनाएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *