Search
Close this search box.
Search
Close this search box.

कचनकवलमा धुमधामका साथ मनाइयो तमु ल्होछार (फोटो फिचर)

कचनकवल – झापाको कचनकवल गाउँपालिकामा गुरुङ समुदायले तमु ल्होछार भव्य रूपमा मनाएका छन्। कचनकवल–२ (मागुरमाडी) स्थित डुकसाङ छोलिङ गुम्बामा गुरुङ समुदायका मानिसहरू भेला भई यो पर्व मनाएका हुन्।

कचनकवल–२ का वडाध्यक्ष लेखनाथ खत्री र वडा सदस्य धनबहादुर गुरुङले संयुक्त रूपमा पूजा प्रारम्भ गरेका थिए।

EPIC EPIC EPIC

गुम्बाका अध्यक्ष धनराज गुरुङले कार्यक्रममा बोल्दै भने, “हामी दशैं–तिहार धुमधामका साथ मनाउँछौं, तर ल्होछार मनाउन कन्जुस्याइँ गर्दै आएका छौं। अब ल्होछारलाई पनि समान महत्व दिएर मनाउनुपर्छ।” उनले गुम्बालाई एक कठ्ठा पाँच धुर जग्गा दान गर्ने चक्रबहादुर गुरुङलाई धन्यवाद ज्ञापन गरे। साथै, गुरुङ समुदायका छोराछोरीलाई लामा शिक्षा दिलाएर भविष्यका लागि संस्कार र संस्कृति जगेर्ना गर्नुपर्नेमा उनले जोड दिए।

गुरुङ समुदायले मान्ने १२ बाइ ल्हो (जीवहरू) र तिनका अर्थहरू यस प्रकार छन्:
त: (घोडा), ल्हु (भेंडा), प्र: (बाँदर), च्या (चरा), खि: (कुकुर), फो (मृग), च्यु (मुसा), ल्यों (गाई), तो (बाघ), हृवीं (बिरालो), सष्ट्रि (सर्प/नाग), मुष्द्धि (गरुड/ड्रागन)। यी १२ जीवलाई १२ वर्षको प्रतीक मानिन्छ।

ल्होछारको अघिल्लो दिन गुरुङ समुदायका घर–घरमा स्वस्ति–शान्ति गराउने परम्परा रहेको छ। मुख्य दिनमा ग्रह–शान्ति र कुशल–मङ्गलको कामना गर्दै घ्यूबत्ती बालेर पूजा गर्ने गरिन्छ।

पुरोहितहरूले स्वस्ति–शान्ति गराएपछि तमु समुदायका मानिसहरूले आफ्ना मान्यजनहरूसँग आशीर्वाद लिएर नयाँ वर्ष मनाएका थिए। ल्होछारको अवसरमा चेलीबेटीहरूले चामल र रक्सी, माइतीहरूले घ्यू, कुखुरा, र बोका ल्याएर सामूहिक भोज खाएर पर्व मनाउने चलन छ।

यस अवसरमा गुरुङ समुदायका मानिसहरूले मिठामिठा परिकार खाएर परम्परागत भेषभूषामा नाचगान गर्छन्।

तस्वीरहरु:

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *