बनियानी। झापाको कचनकवल गाउँपालिकामा आज एक किशोरीले झुन्डिएर आत्महत्या गरेकी छिन् ।
सोमबार साँझ कचनकवल गाउँपालिका–७ स्थित बालुबाडीकी २१ वर्षीया छोरी करुणा राजवंशीले आफ्नै कोठाको बलोमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनकी आमाले उनलाई झुन्डिएको अवस्थामा भेटेपछि पासो काटेर प्रादेशिक अस्पताल लगिएको थियो । अस्पतालले उनलाई उपचारको क्रममा साँझ ७स्३५ बजे मृत घोषित गरेको थियो । आत्महत्याको कारण खुलेको छैन भने प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।