कचनकवलमा लैङ्गिक हिंसा विरुद्धको कानुनी सचेतना कार्यक्रम सम्पन्न

घेराबारी। लैङ्गिक हिंसा विरुद्धको विश्वव्यापी १६ दिने अभियान सम्पन्न भएको छ।।

संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान समेत सञ्चालन हुँदै आएको छ ।

EPIC EPIC EPIC

नेपालमा पनि ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ अभियान मनाइरहेको छ।

लैङ्गिक हिंसा विरुद्धको विश्वव्यापी १६ दिने अभियानको अवसरपारेर गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा हिजो झापाको कचनकवल गाउँपालिका १ वडा कार्यालयको सभाहलमा लैङ्गिक हिंसा विरुद्धको सचेतना तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

वडा नम्बर १ का वडाध्यक्ष रञ्जित लिम्बूको सभाध्यक्षमा कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईको विशेष आतिथ्यता वडा नम्बर १ की वडा सदस्य सुनिता नेपाली, गाउँपालिका सदस्य उमाशंकर गणेश, गाउँपालिकामा कार्यरत कर्मचारी,  सुरक्षा निकायका प्रतिनिधिको आतिथ्यमा सम्पन्न भएको लैङ्गिक हिंसा विरुद्धको कानुनी सचेतना कार्यक्रमको सहजीकरण वरिष्ठ कानुनी  अधिवक्ता देवीकुमारी निरौला गर्नु भएको थियो ।

हामीले घरबाट नै लैङ्गिक हिंसा कम गर्न आवश्यक रहेको वरिष्ठ अधिवक्ता निरौलाले उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो– ‘नेपालको कानुन महिलाहरूको पक्षमा बनेको छ । हाम्रो समाजमा महिलाहरु पुरुषबाट भन्दा बढि महिलाबाटै हिंसामा परिरहेको छ । हामीले एकअर्का प्रति गर्ने अभद्र व्यवहार. गोपनीयता, गाली गलौज जस्ता पक्षलाई सुधार्दै र आफू सच्चिदै जाने हो भने पनि यस्ता हिंसा समाधान हुन्छ । विकसित र मिलनशील, समुन्नत समाज र हिंसा मुक्त समाजको लागि महिलाहरू अनुशासित र जागरुक भएर लाग्न आवश्यक छ ।’ 

यसैबीच  गाउँपालिका अध्यक्ष  कालेन्द्र  प्रसाद सिंह राजवंशीले जति पनि हिंसाहरु छन्  तपाई हामी एकजुट भएर लाग्न आग्रह गर्नु। यता गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले पनि आफ्नो महत्वपूर्ण धारणा राख्नुभएको थियो। कार्यक्रम भने सुनिता दाहालले सञ्चालन गर्नुभएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *