Search
Close this search box.
Search
Close this search box.

कचनकवलमा विज्ञान प्रदर्शनी सम्पन्न: विद्या निकेतन र मोती माध्यमिक विद्यालय उत्कृष्ट

कचनकवल। कचनकवल गाउँपालिकामा कचनकवल विद्या मन्दिर माध्यमिक विद्यालयको आयोजनामा विज्ञान प्रदर्शनी आज शुक्रबार सम्पन्न भएको छ। वृहत् विज्ञान प्रदर्शनी कार्यक्रम २०८१ मा माध्यमिक तथा आधारभूत तहका विभिन्न विद्यालयले उत्कृष्टता हासिल गरेका छन्।

माध्यमिक तहतर्फ विद्या निकेतन माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ भने जनता माध्यमिक विद्यालय द्वितीय र लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालय तृतीय भएका छन्। त्यस्तै, आधारभूत तहतर्फ मोती माध्यमिक विद्यालयले प्रथम स्थान प्राप्त गरेको छ भने उज्याला एकेडेमी द्वितीय र लक्ष्मी माध्यमिक विद्यालय तृतीय भएका छन्।
प्रदर्शनीमा पालिका भरका १३ वटा विद्यालय सहभागी थिए।

EPIC EPIC EPIC

प्रदर्शनी कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद राजवंशी र विशिष्ट अतिथि कोशी प्रदेशका पूर्व सांसद बसन्त बानियाँ रहेका थिए।

उक्त प्रदर्शनीले विद्यार्थीहरूको वैज्ञानिक सोच र सिर्जनशीलतालाई प्रोत्साहन गर्दै उनीहरूको प्रतिभा उजागर गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजक विद्यालयका प्रधानाध्यापक खगेन्द्र पाण्डे (रूपक)ले बताए। विद्यालय बाल क्लबले अतिथिलगायत उपस्थित अभिभावकहरूका लागि नि:शुल्क खाजाको व्यवस्थासमेत गरेको थियो।

विजयी विद्यालयहरूलाई प्रमाणपत्र र पुरस्कार पूर्व कोशी प्रदेश सांसद बसन्त बानियाँले वितरण गर्दै कार्यक्रमको समापन गरिएको थियो। कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक-शिक्षिका, कचनकवल गाउँपालिकाका योजना शाखा प्रमुख केशव मैनालीलगायतको उपस्थिति रहेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Nabin Upreti नबिन उप्रेती

नवीन उप्रेती

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका झापा सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *