Search
Close this search box.
Search
Close this search box.

कचनकवलमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न


बनियानी। कचनकवल गाउँपालिका ६ स्थित हुकाहुकी चौक(बनियानी)मा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

“रक्तदान जीवन दान” भन्ने मूल नाराका साथ राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) कचनकवल गाउँपालिका कार्य समितिको आयोजना तथा पूर्ण टुङ्ग बिर्तासिटी अस्पताल एण्ड रिसर्च सेन्टर, बिर्तामोडको सहयोग तथा रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा महिला १६ पुरुष ५८ गरी जम्मा ७४ जनाले रक्तदान गरेका छन्।

कार्यक्रममा पूर्ण टुङ्ग बिर्तासिटी अस्पताल एण्ड रिसर्च सेन्टरका चिकित्सा निर्देशक डा. अनिल कुमार बस्नेत, नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकाल र राप्रपा कचनकवल गाउँपालिका कार्य समिती अध्यक्ष लक्ष्मी नारायण यादव लगायतको उपस्थिति रहेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *