Search
Close this search box.
Search
Close this search box.

कचनकवलमा सहुलियत मलको चरम दुरुपयोग

image search 1687936690614

कचनकवल। कचनकवल स्थित “बनियानी कृषि सहकारी संस्था लिमिटेड”ले सहकारी अनुशासन बिपरित सहुलियत मलको कालोबजारी गर्ने गरेको प्रमाण भेटिएको छ ।

1687928735 34327

कृषककहरुका लागि आउने रासायनिक मलको दुरुपयोग हुने गरेको भिडियो समेत फेला परेकोछ। आफ्नो कार्यक्षेत्रमा बिक्री बितरणको डिलरसिप लिएका कृषि सहकारीहरुले नै सहुलियतको मल दुरुपयोग गरेको भेटिएको हो।

EPIC

कुनै पनि सहकारीले आफ्नो कार्यक्षेत्र र सदस्यहरुलाई बाहेक
अरुलाई मल बिक्री गर्न नपाउने नियम छ। कार्यविधि विपरीत बिक्रीवितरण गरेको पाईएमा तत्काल कृषि शाखा मार्फत सहकारीलाई स्पष्टीकरण मागिने र आवश्यक प्रमाणका आधारमा तत्काल कालोसूचिमा राखि डिलरसिप खारेजी समेत गर्न सकिने प्रबन्ध रहेकोले सोही बमोजिम हुने गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले बताए ।

कचनकवलमा माग अनुसार थोरै मात्र सहुलियतको मल आपुर्ति हुने र त्यसमा पनि सहकारी कै हालीमुहाली हुने गरे पछि कचनकवलका अधिकांश कृषक त्यो मल पाउनबाट बंचित छन्। मलको डिलरसिप लिने सहकारीका अध्यक्ष र पदाधिकारी कै हालीमुहाली हुने गरेको प्रमाणले बताउँछ ।

कचनकवलका कृषकले कृषि सहकारीले कृषकलाई मल दिदैन, तोकिए भन्दा बढी पैसा दिने ब्यापारीलाई बेच्ने गरेको कृषकको आरोप बिहानै बजार नजिकैको एग्रो पसलमा सिटी सफारीमा बारम्बार गोदामबाट लगी अनलोड गर्दै गरेको प्रमाणले पुष्टि गरेको छ ।

यस्तो गैरकानुनी कारोवार गर्दै आएका सहकारीलाई स्थानीय तह अनुदानको रासायनिक मल वितरणमा सिफारिस गर्ने समितिले कोटाको प्रतिशत नजिकका सहकारीलाई बढाई मल ल्याउने सिफारिस दिनुपर्ने भित्री कारण कमिसनको राम्रो प्रबन्ध समेत कृषि सहकारीले गरेको प्रष्ट देख्न सकिन्छ ।

कृषि समितिले १० बर्ष अघि कृषि सहकारी मार्फत सहुलियत मलको बिक्रि गर्ने निर्णय गरेको थियो। त्यस अघि कृषि सामाग्री कम्पनी मार्फत डिलर र कृषकहरुलाई बिक्री गर्ने गरिन्थ्यो। अहिले कृषि सामाग्री विर्तामोडबाट मल ल्याई कृषकलाई सहुलियत अनुदानमा वितरण गर्न कचनकवल गाउँ पालिकाको कृषि शाखाको सिफारिसमा कृषि सहकारीको डिलरसिप लिएका सहकारीलाई कृषि सामाग्री तथा साल्टट्रेडिङले त्यस्ता कृषि सहकारीलाई बिक्री गर्ने गरेको छ।

आफ्नो सदस्यहरुलाई मात्र बिक्री गर्न लगिएका मल कृषि सहकारीहरुले भने मलका ब्यापारी,बढी रकम दिने कृषकलाई बेच्ने गरेको छन्। कृषि ज्ञान केन्द्र झापाका अनुसार जिल्लाका ३ सय बढी सहकारीले सहुलियत मलको कारोवारकालागि डिलरसिपको अनुमिति लिएका छन्। त्यस मध्ये धेरैले सहुलियतको मलको दुरुपयोग गरी बेच्ने गरेको स्रोतको भनाई छ।

युरिया, डिएपी र पोटास मध्ये सबै भन्दा बढी युरिया र डिएपी मलको दुरुपयोग हुने गरेको स्रोतको भनाई छ। सहुलियतको युरियाको प्रति बोरा (५० किलो) को ८ सय, डिएपीको २ हजार २५० र पोटासको प्रति बोरा १ हजार ६५० रुपैयामा बिक्री गर्ने गरिएको कृषि सामाग्री कम्पनीको रेकर्डमा भेटिन्छ ।

तर सहकारीले सदस्यलाई ढुवानी र लोडिङ भाडा बापतको अतिरिक्त रकम लिएर पालिकाले ताके अनुसार लिन पाउने भए पनि बढी रकम लिई ब्यापारीलाई बेच्ने गरेको कृषकहरु गुनासो गर्छन। कृषकहरुकालागि आउने सहुलियतको युरिया मल र डिएपी सबै भन्दा बढी कचनकवल र त्यस आसपास रहेका मल कारोवारी ब्यापारीले सहकारीबाट आन्तरिक सेटिङमा किन्ने गरेको एक स्थानीयले बताए। मल ब्यापारीले प्रति बोरा २ देखि ३ सय सम्म सम्म बढी रकम दिने गरेको उनले बताए।

कृषकका लागि सहुलियत अनुदानमा प्रदान गरिएको मल सहकारीले दुरुपयोग गरेको तत्काल रोक्ने स्थानीय सरकारका प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादवले कडाईकासाथ अनुगमन गरि डिलरसिप कालो सूचिमा राखि नियमानुसार खारेजी समेत गरिने बताउनुभयो । ‘ कृषककालागि आएको सहुलियतको मल दुरुपोग गर्ने माथी कारबाही गर्नु पर्छ ’ उनले भनिन्।

सहुलियतको मलको दुरुपयोग गरी बेच्ने सहकारीहरुमाथी निगरानी बढाईने र काखापाखा गरी बढी कोटा सिफारिस गर्ने कृषिका प्रतिनिधित्वको समेत वास्तविक ल्याईने बताउनु भयो। ‘ अब कृषि सहकारीमाथी निगरानी बढाउछौ, संलग्नता भेटिए कारवाही गर्छौ ’ उनले भने।

कृषि सामाग्री विर्तामोडका अनुसार पालिको सिफारिसमा तोकेको कोटा अनुसार आफ्नो शाखाबाट सहकारीले यहाबाट मल किनेर लैजाने गर्छन्। कृषि सामाग्री विर्तामोडमा चालु आर्थिक बर्ष भित्र १ हजार १५३ दशमलव ३५० मेट्रिक टन युरिया, १ हजार ७८ दशमलव ८ सय मेट्रिक टन डिएपी र ५९ मेट्रिक टन डिएपी आएको छ। आएको मलको पालिकाले सिफारिस गरेको सहकारीलाई कोटा निर्धारण गरेर मल दिने गरिएको कृषि सामाग्री विर्तामोड प्रमुखले बताए।
,

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *