कचनकवलमा २४ सय ४२ किशोरीलाई एचपीभी खोप लगाइने

झापा – कचनकवल गाउँपालिकाले माघ २२ गतेदेखि पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) रोकथामका लागि एचपीभी (ह्युमन पेपिलोमा भाइरस) खोप अभियान सुरु गर्ने भएको छ। स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवका अनुसार यो अभियान विशेष गरी विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्षका किशोरीहरूमा लक्षित हुनेछ।

पाठेघरको मुखको क्यान्सर मुख्यतः एचपीभी भाइरसको संक्रमणबाट हुने गर्दछ। प्रमुख यादवका अनुसार नेपालमा यो क्यान्सरका प्रमुख कारण एचपीभीका १६ र १८ प्रजातिहरू हुन्। तथ्यांकअनुसार नेपालमा हरेक वर्ष २१६९ महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गर्दछ र औसतमा प्रतिदिन चार महिलाको मृत्यु हुने गर्दछ। सन् २०३० सम्म यो रोगबाट मृत्यु हुनेको संख्या विश्वभर चार लाख पुग्ने अनुमान छ।

EPIC EPIC EPIC

कचनकवल गाउँपालिकामा २ हजार ४ सय ४२ किशोरीलाई लक्षित गर्दै खोप अभियान सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख यादवले बताए। यो अभियान माघ २२ देखि माघ २६ सम्म विद्यालयहरूमा र माघ २७ मा स्वास्थ्य संस्थाहरूमा सञ्चालन गरिनेछ।

जनस्वास्थ्य निरीक्षक नवीन मिश्रका अनुसार २८ वटा विद्यालय र ७ वटा स्वास्थ्य संस्थालाई खोप केन्द्रका रूपमा चयन गरिएको छ। साथै, वडा नं. १, ३, र ४ मा थप खोप केन्द्र स्थापना गर्ने योजना समेत रहेको छ। खोप केन्द्रहरूमा स्वास्थ्य चौकी घेराबारी, डाँडागाउँ, पथरिया, केचना, पाठामारी, बालुबाडी र प्राथमिक स्वास्थ्य केन्द्र बनियानी समावेश छन्।

किशोरावस्थामा खोप लगाउँदा यसको प्रभावकारिता सय प्रतिशत हुने स्वास्थ्य शाखा प्रमुख यादवले जानकारी दिए।

पाठेघरको मुखको क्यान्सरका मुख्य लक्षणहरूमा तल्लो पेट दुख्ने, पिसाबबाट गन्हाउने पानी बग्ने, अनियमित र धेरै रगत बग्ने, कमजोरी महसुस हुने र रक्तअल्पता हुने उल्लेख गरिएका छन्। अभियानमार्फत यस रोगको जोखिम न्यूनीकरण गर्ने लक्ष्य रहेको जनाइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *