Search
Close this search box.
Search
Close this search box.

कचनकवलमा ४४ लाखको लागतमा सुविधा सम्पन्न पशु अस्पताल निर्माण हुँदै

कचनकवल पशु-अस्पताल

कचनकवल। झापाको कचनकवल गाउँपालिकामा सुविधा सम्पन्न पशु अस्पताल धमाधम निर्माण भइरहेको छ ।

कोशी प्रदेश सरकारको ४० लाख र गाउँपालिकाको ४ लाख गरी ४४ लाख रुपैयाँको लगातमा सुविधा सम्पन्न पशु अस्पताल निर्माण भइरहेको गाउँपालिकाका पशु शाखा प्रमुख मसिन्द्र यादवले जानकारी दिनुभयो ।

EPIC EPIC
भाडाको भवनमा सञ्चालन हुँदै आएको पशु अस्पताल

हाल गाउँपालिकाले पशुपंक्षी तथा मत्स्य विकाश शाखा र कचनकवल–३ स्थित पशु अस्पतालबाट सेवा दिँदै आएको छ । गत पुस महिनादेखि भाडाको भवनबाट सेवा दिँदै आइएकोमा चालू आर्थिक वर्षभित्रै आफ्नै भवनमा सञ्चालन गर्ने लक्ष्य रहेको जनाइएको छ ।

पशु अस्पतालको मापदण्ड अनुसार सेवा दिने योजनाका साथ काम भइरहेको गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले बताउनुभयो । “समयमै पशुको उपचार गर्न नसक्दा किसानलाई धेरै समस्या भइरहेको छ”, उहाँले भन्नुभयो, “अस्पताल निर्माण भएपछि पशुपालक कृषकलाई सहयोग मिल्ने विश्वास छ ।”

नयाँ पशु अस्पतालबाट पशुको स्वास्थ्य परिक्षण, सल्यक्रिया, प्रयोगशाला, औषधी वितरण, पशुपंक्षी सम्बन्धी तालिमसम्मको सेवा उपलब्ध हुने पशु शाखाका नायब पशु स्वास्थ्य प्राविधिक हेमराज पौडेलले बताउनुभयो । पशु अस्पतालबाट पशु चिकित्सक एक जना र नायब पशु प्राविधिक दुई जनाले सेवा दिँदै आएका छन् ।

कृषकलाई पशुपालनमा प्रोत्साहन गर्न गाउँपालिकाले निःशुल्क औषधि, पशु बिमा, कृत्रिम गर्भाधान, खोप लगायतका सेवा निःशुल्क उपलब्ध गराउँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र सुमनले बताउनुभयो । कृषिकलाई अझ प्रोत्साहित गर्नका लागि आगामी आर्थिक वर्षमा समेट्नुपर्ने विषयहरुका बारेमा सुझाव लिने काम पनि भइरहेको उहाँले बताउनुभयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *