कचनकवल गाउँपालिकाद्वारा उद्यमीहरुलाई प्रविधि हस्तान्तरण

कचनकवल। कचनकवल गाउँपालिकाले लघु उद्यम तथा गरिबी निवारण कार्यक्रम अन्तर्गत तालिम प्राप्त उद्यमीहरुलाई बुधबार (हिजो) प्रविधि हस्तान्तरण गरेको छ। कार्यक्रममा पुराना र नयाँ तालिम लिएका उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गरिएको हो।

EPIC

कचनकवल गाउँपालिकाले विभिन्न चरणमा तालिम सञ्चालन गरी गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रम मार्फत सिलाई कटाई स्तरोन्नति तालिम लिएका दुई जना उद्यमीलाई २ थान सिलाई मेसिन र नयाँ उद्यमी समूहलाई ६ थान सिलाई मेसिन प्रदान गरेको छ। साथै, विद्युत् मर्मत तालिम तथा प्लम्बिङ तालिम लिएका समूहलाई १/१ सेट सम्बन्धित क्षेत्रमा प्रयोगमा ल्याउन मिल्ने सामग्री हस्तान्तरण गरिएको छ।

EPIC EPIC EPIC

प्रविधि हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवँशी तथा कार्यक्रम संयोजक भूमि प्रसाद निरौला उपस्थित थिए। महिलाहरुलाई उद्यमी बन्न प्रेरणा मिलोस् भनेर लघु उद्यम तालिमहरुको आयोजना विभिन्न चरणमा गर्ने गरिएको कार्यक्रम संयोजक निरौलाले बताए।

अध्यक्ष राजवंशीले प्रविधि हस्तान्तरण कार्यक्रममा छोटो मन्तव्य राख्दै महिलाहरुलाई आत्मनिर्भर बनाउन “सीप सिकौं, आत्मनिर्भर बनौं” भन्ने नाराका साथ कचनकवल गाउँपालिकाले विभिन्न चरणमा तालिम कार्यक्रमहरु सञ्चालन गर्ने गरेको बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *