झापा। कमल गाउँपालिकाको आयोजनामा आजदेखि माघ १९ गतेसम्म सञ्चालन हुने अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता २०८१ का लागि कचनकवल गाउँपालिकाले जर्सी हस्तान्तरण गरेको छ।
प्रतियोगितामा सहभागी हुने खेलाडीहरूका लागि आवश्यक जर्सी वितरण गरिएको हो। कचनकवल गाउँपालिकाको टोलीको खेल बाह्रदशी गाउँपालिकासँग माघ १३ गते हुने तय भएको छ।
जर्सी हस्तान्तरण कार्यक्रम कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई र प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेलले हस्तान्तरण गर्नुभएको हो।
कार्यक्रममा अध्यक्ष राजवंशीले उक्त प्रतियोगिताले कर्मचारीहरूबीच सहकार्य, आपसी समझदारी र खेलकुदको महत्वलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै, खेलकुदले कर्मचारीहरूबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।