कचनकवल – कचनकवल जेसीजले चौथो साधारण सभा तथा तेस्रो शाखा अधिवेशन सम्पन्न गर्दै वर्ष २०२५ का लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। अधिवेशनबाट अध्यक्षमा निर्मल दाहाल निर्वाचित हुनुभएको छ। उहाँको नेतृत्वमा कार्यकारिणी उपाध्यक्षका रूपमा नवराज ढुंगाना र उषाकिरण लम्साल चयन हुनुभएको छ। त्यस्तै, उपाध्यक्ष पदमा उत्तम गौतम, नबिन मैनाली, प्रतीक्षा कार्की, र दिनेश चौधरी निर्वाचित हुनुभएको छ।
मनोनीत पदाधिकारीतर्फ कानुनी सल्लाहकारमा गोपाल घिमिरे, महासचिवमा आशिष वाग्ले, कोषाध्यक्षमा मनिष दाहाल, र सचिवमा कुलचन्द्र अधिकारी चयन हुनुभएको छ। यसैगरी, तालिम संयोजकको जिम्मेवारी मेघ लिम्बु, सदस्य वृद्धि संयोजकको जिम्मेवारी ममता न्यौपाने, जनसम्पर्क अधिकारीका रूपमा अर्जुन चम्लागाईं, र मिडिया संयोजकका रूपमा समीर लामिछाने मनोनीत हुनुभएको छ।
अधिवेशनले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै, आगामी वर्षका लागि संस्थाका विभिन्न योजना र कार्यदिशा तय गरेको छ। अध्यक्ष निर्मल दाहालले धन्यवाद ज्ञापन गर्दै संस्थाको गतिविधि प्रभावकारी बनाउन सामूहिक प्रयासको आवश्यकता रहेको बताउनुभयो। उहाँले समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि सबै सदस्यहरूलाई एकताबद्ध भएर काम गर्न आग्रह गर्नुभयो।
कचनकवल जेसीजको नयाँ कार्यसमितिले स्थानीय समाजका आवश्यकता सम्बोधन गर्दै प्रभावकारी परियोजना सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। संस्थाले आगामी दिनमा सामुदायिक विकास, नेतृत्व विकास, र सामाजिक सेवाका क्षेत्रमा अझ सक्रिय भई काम गर्ने अपेक्षा गरिएको छ।