Search
Close this search box.
Search
Close this search box.

कचनकवल लागूऔषध दुरुपयोग रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

झापा। लागूऔषधको बढ्दो दुरुपयोग र यसले समाजमा पारिरहेको नकारात्मक प्रभावलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय झापाले जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ। लागू औषध नियन्त्रण, यसको दुरुपयोग रोकथाम, र प्रभावित व्यक्तिहरूको पुनःस्थापनाका लागि सहकार्यको आवश्यकताबारे जनचेतना फैलाउन कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला रहनुभएको थियो भने अध्यक्षता गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले गर्नुभयो। कार्यक्रममा अतिथिका रूपमा जिल्ला प्रहरी प्रमुख मिलन केसी, सशस्त्र प्रहरी प्रमुख कविन्द्र राई, नेपाली सेनाका गणपति प्राजु बस्न्यात, र राष्ट्रिय अनुसन्धान प्रमुख कुलचन्द्र नेपालको उपस्थिति थियो।

EPIC

स्वागत मन्तव्य दिने क्रममा गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले युवा पुस्ता लागू औषधको उच्च जोखिममा रहेको बताउँदै, यसलाई रोक्न सरकार र समुदायले तत्काल कदम चाल्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा चेतना नेपालका इन्द्र प्रसाद ओलीले सहभागी जनप्रतिनिधि, कर्मचारी, र शिक्षकहरूलाई लागू औषधको असर र यसबाट व्यक्ति, परिवार, तथा समाजलाई जोगाउने उपायबारे प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रमको समापन गर्दै अध्यक्ष सिंह राजवंशीले समाज र राष्ट्रलाई बचाउन लागूऔषधविरुद्ध प्रतिज्ञा गर्न सबैलाई आह्वान गर्नुभयो। साथै, आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यस प्रकारका कार्यक्रमले लागू औषधको दुरुपयोग विरुद्ध जनचेतना फैलाउन र समुदायमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *