Search
Close this search box.
Search
Close this search box.

कचनकवल २ का ९१९ घरपरिवारलाई सुधारिएको चुलो वितरण

कचनकवल। झापाको कचनकवल गाउँपालिका वडा नम्बर २ मा स्थानीयलाई सुधारिएको चुलो वितरण गरिएको छ। 

कचनकवल गाउँपालिका २ स्थित श्री अमरावती कृषि सहकारी संस्थाको प्राङ्गणमा २ नम्बर वडाका ९१९ जना घर परिवारलाई सुधारिएको चुलो वितरण गरिएको हो। 

इन्भाइरोन्मेन्ट प्रोटेक्सन नेपाल चन्द्रनिगाहपुर, रौतहटको सहयोग तथा कचनकवल गाउँपालिका २ का वडाध्यक्षको अध्यक्षतामा ९१९ घर परिवारले सुधारिएको चुलो वितरण गरेको हो। पहिलो चरणमा २ नम्बर वडाका स्थानीयलाई मात्र चुलो वितरण गरिए पनि  पनि आगामी दिनमा अन्य वडामा पनि वितरण गर्ने योजना रहेको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए। 

कार्यक्रममा पूर्व कोशी प्रदेश माननीय बसन्त बानियाँको प्रमुख आतिथ्यता, कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईको विशिष्ट आतिथ्यता तथा इन्भाइरोन्मेन्ट प्रोटेक्सन नेपालका प्रतिनिधि अमर मेचेको उपस्थिति रहेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *