कचनकवल ३ का वडा अध्यक्ष माथि बिर्तामोडमा कुटपिट

1686816873513

कचनकवल।

कचनकवल गाउँपालिका ३ का वडा अध्यक्ष ग्यांस अजमल मिया माथी विर्तामोडमा आज कुटपिट भएको छ।

EPIC EPIC EPIC

छोरिको उपचारका लागी बिर्तामोडको मनमोहन अस्पताल गएका मियाँ माथी मेचीनगरका एक ब्यक्तिले कुटपिट गरेका हुन्।

मियाँ मनमोहन अस्पतालको गेटबाट निस्कने क्रममा बाटो काट्दै गरेका मेचीनगरका एक बाइक सवार ब्यक्ति ६ फिट पर आफै बाइक अनियन्त्रित भएर लडेपछि उनले एक्कासि आएर स्वयंले लगाएको हेल्मेट मियाँ माथी प्रहार गरेका थिए।

प्रहारपछि मियाँको नाकको हड्डी पुटेको र उनलाई बिर्तामोड स्थित विएन्डसी अस्पताल भर्ना गरिएको स्रोतले बताएको छ।

प्रहार गर्ने ब्यक्तिलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। प्रहार गर्नेको परिचय भने खुलाएको छैन।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *