Search
Close this search box.
Search
Close this search box.

कनकाई देशकै उत्कृष्ठ नगरपालिका बन्न सफल

झापा – झापाको कनकाई नगरपालिका देशकै उत्कृष्ट एक नगरपालिकामा पर्न सफल भएको छ ।

नेपाल नगरपालिका संघको २८ औं बार्षिक साधारणसभाको अवसरमा देशमा उत्कृष्ट तिन वटा नगरपालिका मध्ये कनकाई नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गर्दै पुरस्कृत गरिएको छ ।

नेपाल नगरपालिका संघले गरेको मुल्याङकनको आधारमा कनकाईलाई उत्कृष्ठ नगरपालिका ठहर्याईको थियो ।

संघको आज आयोजित सभामा कनकाई नगर प्रमुख राजेन्द्र पोखरेल र उपप्रमुख मञ्जु प्रसाईलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कदर पत्र सहित  पुरस्कृत गरेका छन् ।

त्यस्तै रुपन्देहीको तिलोत्तमा, स्याञ्जाको वालिङ नगरपालिका पनि उत्कृष्ट नगरपालिकामा परेका छन् । तिन वटै नगरपालिकालाई  प्रधानमन्त्रीको हातबाट पुरस्कृत गरिएको संघका अध्यक्ष अशोक ब्याञ्जुले जानकारी दिए ।

व्याञ्जुका अनुसार झापाको कनकाई, रुपन्देहीको तिलोत्तमा र स्याञ्जाको वालिङ नगरपालिकालाई विभिन्न सूचकका आधारमा उत्कृष्ट घोषणा गरिएको थियो । ती नगरपालिकाहरुलाई वातावरण, सुशासन र वित्तीय क्षेत्रमा उत्कृष्ट काम गरेको भनेर पुरस्कृत गरिएको हो ।

होटल र्‍याडिसनमा भएको कार्यक्रममा अपांगता भएका व्यक्तिहरुको जीवन सहज बनाउनका लागि रोटरी क्लबसँग करिब ८ सय वटा ह्विल चेयर र केही डाइलोसिस मेसिन दिने सम्झौता पनि भएको छ । यसैगरी विल गेट्स फाउण्डेसनसँग नगरपालिकाहरुको लेदोजन्य फोहोर व्यवस्थापनका कार्यक्रमको लागि   सहयोग पत्रमा हस्ताक्षर भएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *