Search
Close this search box.
Search
Close this search box.

कनकाई ६ मा उपनिर्वाचन हुने

सुरुङ्गा – झापाको कनकाई नगरपालिकाको वडा नम्बर ६ मा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न ३४ वटा पदमा आगामी मंसिर तेस्रो साता उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ ।

स्थानीय तहमा रिक्त रहेका ३४ वटा पद मध्ये झापाको कनकाई नगरपालिका–६ नम्बर वडामा उपनिर्वाचन हुने भएको हो ।

EPIC

कनकाई नगरपालिका–६ का वडाध्यक्ष दिर्घबहादुर थापाको २०८१ असार २ गते निधन भएको थियो ।

वडाध्यक्ष थापाको पित्तथैलीमा क्यान्सरका कारण मृत्यु भएको थियो । उनी गत २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा कनकाई नगरपालिका–६ बाट निर्वाचित वडाध्यक्ष हुन् ।

रिक्त रहेको उक्त पदमा अब आगामी मंसिरमा उपनिर्वाचन गर्ने तयारी गरिएको छ । सोमबार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा उपनिर्वाचनको उक्त मिति प्रस्ताव गरेको थियो ।

देशभरबाट विभिन्न कारणले नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी जम्मा ३४ पद रिक्त रहेको छ ।

आयोगले विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका उपनिर्वाचन गर्नुपर्ने स्थानीय तह भित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *