Search
Close this search box.
Search
Close this search box.

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा शिक्षकको मृत्यु

कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका वडा २ जनता माध्यमिक विद्यालय पिपराका विज्ञान विषयका संयोजक डा. रोमनाथ बराल हुनुहुन्छ । 

बुधवार राति बरालले चलाएको लु ५६ प ४६२७ नम्बरको मोटरसाइकल रोकिएको अवस्थामा रहेको लु २ ख १५०८ नम्बरको टिप्परमा ठोकिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएका बरालको कपिलवस्तु सामुदायिक अस्पताल जितपुरमा उपचार हुन नसकेपछि कपिलवस्तु अस्पताल तौलिहवामा रेफर गरिएको थियो । कपिलवस्तु अस्पतालले उहाँलाई मृत घोषणा गरेको छ । 

बराल अमेरिकाबाट नेपाल फर्किएर ६ वर्षदेखि शिक्षण पेसा गर्दै आउनुभएको थियो । उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेश सदस्य तथा शिक्षा विभाग प्रमुखसमेत हुनुहुन्थ्यो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *