झापा / झापाको कमल गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
कमल गाँउपालिका वडा नम्बर २ त्रिवेणी चोकमा बस्ने ३४ वर्षीय रामजी थापाले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरि हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नावय निरिक्षक राकेश थापाका अनुसार सामान्य घरायसी विवादमा रिसले आक्रोसित भएका श्रीमानले घरैमा राखेको खुकुरी निकालेर घाँटीमा प्रहार गर्दा २४ वर्षीय रिता थापाको घटना स्थलमै मृत्यु भएको बताएका छन् ।
शनिबार पौने पाँच बजे भएको घटनामा संलग्न थापालाई प्रहरी चौकी तोपगाछीले घटना स्थलबाटै नियन्त्रणमा लिएको छ ।घटनाको अनुसन्धान भईरहेकोले थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताएका छन् ।